सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । आइतबार तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार फेरि ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज सोमबार तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ ।
आइतबार १ लाख ४ हजार १ सय रुपैयाँ थियो । गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।
सुनको भाउ बढे पनि आज सोमबार चाँदीको भाउ भने स्थिर छ । चाँदी सोमबार पनि तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
