Nepali Unicode | Preeti to Unicode

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका प्राप्त उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताएका छन् ।

आदिवासी जनजाती आयोगको दोश्रो स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा प्राप्त उपलब्धि रक्षा र अर्थतन्त्रलगायतमा रहेको चूनौतीहरूलाई सही बाटोमा लैजान राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताएका हुन् । उत्पीडितहरूको एकताले मात्र देशको मात्र रक्षा गर्न सकिने र राष्ट्रिय सहमतिबाट मात्र चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिने उनकाे भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले समाजको रूपान्तरणका लागि संघर्ष र त्याग गर्नेहरूलाई नै सम्मान गर्न चुकेको भन्दै उनीहरूको नेतृत्व स्थापित र सम्मान गर्न नसके प्राप्त उपलब्धि पनि खोसिने खतरा रहने धारणा राखे । उनले सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने भएकाले मुलुकको व्यवस्थालाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने छलफल चलिरहेको जिकिर गरे ।

प्रधानमन्त्री प्रचण्डले आदिवासी, महिला, दलित, मुस्लिमलगायतका आयोग बनाउने कुरा ठूलो संघर्ष र बलिदानीबाट प्राप्त भएको बताए । कार्यक्रममा उनले आयोगको आदिवासी जनजाती अध्ययन पुस्तक सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर