Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

काठमाडौं, कार्तिक २७ । गत वर्षझैं यस वर्ष पनि नेवाः समुदायमा तिहार पर्व अर्थात् ‘स्वन्ति नखः’ मनाउने दिनबारे अन्योल छाएको छ । तर, नेपाल संवत् ११४१ नयाँ वर्ष मनाउने विषयमा सबै सरोकारवालाको एकमत रहेको पाइएको छ ।

नेपाल भाषामा ‘स्व’ भनेको तीन र ‘ति’ भनेको तिथि अर्थात् तीन तिथिको समयमा मनाउने पर्व भएकाले स्वन्ति नखः भनिएको संस्कृतिविद्हरुको भनाइ रहेको छ । यसपटक लक्ष्मी पूजा, म्हः पूजा र किजापूजा (भाइटीका) कात्तिक २९, ३० र मंसिर १ गते मनाउने कि कात्तिक ३०, मंसिर १ र २ गते भन्नेमा अन्योल उत्पन्न भएको हो ।

तिथिमितिअनुसार पर्व मनाउने विषयमा परम्परादेखि नेवाः समुदायमा दुईखाले विधि वा मतबाट प्रभावित रहेको पाइएको छ । जुन दिन वा तिथिमा सूर्योदय भयो, त्यही तिथिलाई दिनभर लागू भएको मान्यताअनुसार पर्व मनाउने एउटा विधि र अर्को मत भनेको तिथि सकिन साथ बिहान, बेलुका जुनसुकै समयमा सोहीअनुसार पर्व मनाउने । कुन विधिलाई कसले मान्ने भन्ने मुख्य प्रश्न रहेको यस विषयमा सञ्चारमाध्यममा निरन्तर बहस चलाइराखेका सञ्चारकर्मी श्रीकृष्ण महर्जनले बताए ।

परापूर्वकालदेखि नै काठमाडौंमा तिथिमितिको सवालमा जनबहालका वज्राचार्य गुरुजुले भनेअनुसार मनाउँदै आएका छन् । त्यसै गरी भक्तपुरमा भक्तपुरको तलेजु पुजारी र ललितपुरमा क्वाबहाः अर्थात् हिरण्यवर्ण महाविहारमा गणना गरिने तिथिअनुसार पर्व मनाउँदै आएका छन् । उपत्यकाका तीनवटै केन्द्रले फरक फरक दिनमा स्वन्ति नखः मनाउने भएपछि जनस्तरमा यसखाले अन्योल सिर्जना भएको हो ।

जनबहालका पुजारी नीलकाजी शाक्यले सूर्योदय जुन तिथिमा पर्छ त्यही तिथिलाई दिनभरि मान्ने चलन भएअनुसार आफूहरुले कात्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म तीन दिन लगाताररुपमा लक्ष्मीपूजा, म्हपूजा र भाइटीका गर्नुपर्ने बताए ।

काठमाडौंको जनबहाल सेतो मच्छिन्द्रनाथको धार्मिक पूजामा गणना गरिने तिथि र परम्परालाई आधार मानेर विशेषतः काठमाडौं केन्द्रीय विभिन्न जातीय समाज, खलः पुच र संघसंस्था, काठमाडौंका संस्कृतिविद्, ज्योतिषी, वज्राचार्य गुरुजुहरुको कात्तिक ३०, मंसिर १ र २ गते मनाउन आग्रह गरेको छ । बिहान सूर्योदय हुँदा जुन तिथि परेको हो सोहीअनुसार पर्व मनाउने परम्परा रहेको उल्लेख गर्दै संंस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायले भने– ‘बिहान चतुर्दशी भनेर कुकुर पूजा गर्ने र बेलुका औंसी परेको भन्दै लक्ष्मी पूजा गर्नु उचित हँुदैन । बिहान चतुर्दशी र बेलुका औंसी परेकोे रातलाई कालरात्रिलाई भनिन्छ । कालरात्रिमा लक्ष्मीलाई पूजा गरिँदैन ।’

भक्तपुर र ललितपुरमा क्रमशः तलेजु र हिरण्यवर्ण महाविहारमा गणना गरिने तिथि र सोही आधारमा प्रचलित परम्पराअनुसार कात्तिक २९, कात्तिक ३० र मंसिर १ गते स्वन्ति नखः मनाउनेछन् । ललितपुरका १९ वटा जातीय समाज र नेपाल भाषा मंका खलः ललितपुरका पदाधिकारीसहित ज्योतिषी, संस्कृतिविद्, वज्राचार्य गुरुजुको बसेको संयुक्त बैठकले कात्तिक २९ गते लक्ष्मी पूजा, कात्तिक ३० गते म्हः पूजा र मंसिर १ गते किजा पूजा गर्ने निर्णय गरेको छ ।

हिरण्यवर्ण महाविहार क्वाबहाः परम्परागत पात्रोलाई आधार मान्दै बैठकले सो निर्णय गरेको बताइएको छ । कात्तिक २९ गते शनिबार दिउँसो १ बजेदेखि औंसी परेको उल्लेख गर्दै सोही दिन लक्ष्मी पूजा गर्ने भनेको छ ।

त्यसै गरी कात्तिक ३० गते आइतबार बिहान ११ बजेर २८ मिनेटपछि प्रतिपदा तिथि परेकाले म्हःपूजा र मंसिर १ गते सोमबार बिहान ९ बजेर १३ मिनेटपछि द्वितीया परेको जनाउँदै किजापूजा (भाइटीका) गर्ने बैठकले निर्णय गरेको हो । सबै जातीय समाज सम्मिलित न्हूदँ समारोह समिति ललितपुरले विगतको परम्परा, प्रमाण र शास्त्रीय मतअनुसार स्वन्ति नखः मनाउन आग्रह गरिएको विज्ञप्तिमा भनिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय