Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

काठमाण्डाै – अमेरिकी राष्ट्रपतीय चुनावमा कुनै पनि धाँधली नभएको संघीय निर्वाचन आयोगले प्रष्ट पारेको छ ।

संघीय निर्वाचन आयोगकी आयुक्त एलेन वेन्ट्राउवले अहिलेसम्म कुनै पनि धाँधलीको प्रमाण फेला नपरेको प्रतिक्रिया दिनुभएको हो । तर, राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले धाँधली भएको आरोप लगाउँदै अदालतमा मुद्दा हाल्नुभएको छ । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी हुनुभएको छ ।

उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरु उल्टाउने संकेत दिनुभएको छ । बाइडेनले विश्व स्वास्थ्य संगठनबाट बाहिरिने ट्रम्पको निर्णय उल्ट्याउने तयारी गर्नुभएको छ । त्यस्तै मुस्लिम बाहुल्य देशका आप्रवासीलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध पनि हटाउने तयारी थालेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय