Nepali Unicode | Preeti to Unicode

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण सेयरको निष्कासन गरेको छ ।

कम्पनीले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेकोे हो ।

कम्पनीले आफ्नो जारी पुँजी छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२ प्रतिशत अर्थात दुई करोड तीन लाख ३८ हजार बराबरको प्रतिसेयर एक सय दरका दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण सेयरमध्ये २० हजार तीन सय ३८ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्न गरेको छ ।

निष्कासित सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आगामी फागुन १ भित्र आवेदन दिनुपर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ता सेयरसम्मको आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो शेयर’ मार्फत सेयर खरिदको आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड छ । कम्पनीलाई केयर रेटिङस नेपालले ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर