पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति अग्रता जोगाउन नसक्दा रिम्ससँग १– १ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुआती अग्रता पिएसजीले लिएको थियो । तर जोगाउन नसक्दा पीएसजीले बराबरीमा रोकियो । खेलको ५१ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
५९ औं मिनेटमा मार्को भेराट्टीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो । १० खेलाडीमा समेटिएको पीएसजीको पोष्टमा खेलको इन्जुरी समयमा फोलारिन बालोगुनले गोल गर्दै रिम्सलाई १– १ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै पीएसजीले २० खेलमा ४८ अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।
