Nepali Unicode | Preeti to Unicode

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रियल म्याड्रिडले आफ्नो खेलमा जित निकालेका छन् । बार्सिलोनाले गेटाफेलाई पराजित गरेको हो । जीतसँगै बार्सिलोना शीर्ष स्थानमा कायम छ ।

आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे । खेलको ३५ औं मिनेटमा राफिन्हाको पासमा पेड्रीले गोल गरेका हुन् । यस जितसँगै बार्सिलोनाले १७ खेलमा ४४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा कायम रहेको छ ।

दोस्रो स्थानमा रहेको  रियलले एथ्लेटिक बिल्बाओलाई पराजित गर्दा करिम बेन्जिमा र टोनी क्रुसले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा टोनीले गोल गर्दै रियललाई २– ० को जित दिलाए । यस जितसँगै रियलले १७ खेलमा ४१ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर