म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । घरेलु मैदानमा वल्भ्समाथि ३–० को सहज जित निकालेको हो । सिटीको जितका लागि एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक गरे ।
इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली सिटीले बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवाव बढाउँदै ४०औं मिनेटमा अग्रता लिएको थियो ।
५०औं मिनेटमा हालान्डले दोस्रो गोल गरे । ५४औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे । प्रिमियर लिगमा हालान्डको यो २५ गोल हो ।
जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी घटाएको छ । दोस्रो स्थानमा रहेको सिटीको २० खेलबाट ४५ अंक पुगेको छ । २ खेल कम खेलेको आर्सनलको ५० अंक छ ।
