Nepali Unicode | Preeti to Unicode

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालको मौसममा बदली आएको छ । पश्चिम नेपालको सुदूरपश्चिम  र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शुक्रबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा हुने अनुमान छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने शुक्रबार र शनिबार नै हिमपात हुनेछ ।

यसपटक हिउँद सुरु भएदेखि  पानी परेको छैन । पहाडी क्षेत्रमा आकाशे पानीको भरमा खेती लगाएका किसानहरू चिन्तित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर