प्रतिनिधिसभाको सभामुखको निर्वाचन आज हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि बहुमतीय प्रक्रियाबाट निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि सर्वसम्त सभामुख चयन भएको नजिर छ ।
सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धन बाहिर रहेको कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ ।
दाङकी न्यौपाने भने समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् । घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।
सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्नेछ । २७५ सदस्यमा निर्वाचित हुन् १३८ मत आवश्यक पर्छ । सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ । एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा नै १४५ मत अर्थात बहुमत हुन्छ ।
कांग्रेसकी न्यौपानेको पक्षमा पार्टीकै ८८ मत छ । एकीकृत समाजवादीको १० सांसदको पनि समर्थन छ ।
