Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

अपिल घिमिरे, चितवन
चितवन मा पाइने ६४१ प्रजातिका चरा मध्ये ३२ चराहरु लोप हुने अवस्थामा रहेका छन्। बिहिवार देखि माडीको परशुराम कुण्ड र सोमेश्वोर क्षेत्रमा चरा अवलोकन गर्न पुगेका अवलोकन कर्ताहरुले चिन्ता सहित यो बताएका हुन । विश्व बाट लोप हुँदै गरेका ४४ प्रजाति मध्ये ३२ प्रजातिका चराहरु चितवनका हुन् । बर्ड एजुकेसन सोसाईटी चितवनका निवर्तमान अध्यक्ष बासु विडारिका अनुसार नेपालमा पाइने कुल ८८७ चराहरु मध्ये १७८ चराहरु लोप हुने अवस्थामा रहेका छन् । वासस्थानको विनाश हुँदै जानु,तल तलैया सुक्दै जानु ,घाँसे मैदान बिग्रनु,जलवायु परिवर्तन,ग्लोवल वार्मिंग,चरा सम्वन्धि शिक्षाको अभाव आदिका कारण चराहरु संकट मा पर्दै गएको विडारी वताउँछन । चराहरुको अवस्था बुझ्न नेपालका चरा पाइने मुख्य स्थान लुम्बिनी,वर्दिया,कोशिटाप्पु,घोडाघोडी ताल ,चितवन ,इलाम र पोखरा लगाएतका क्षेत्रहरुमा हरेक बर्ष चार वटै सिजनमा चरा अवलोकन हुने गरेको छ । यसै सन्दर्भमा हिउँद सिजन शुरु भएसगैँ हिउँदे चराहरुको वारेमा बुझ्न चरा र तिनको वासस्थान जोगाउँ भन्ने नाराका साथ बर्ड एजुकेसन सोसाईटी चितवन र नेपाल वाइल्ड लाइफ फोटोग्राफी क्लबको संयुक्त आयोजनामा कार्तिक २० गते बिहिवार देखि चितवनको माडी क्षेत्रका विभिन्न स्थान हरुमा चरा हरुको अवलोकन भैरेहेको छ। बर्ड एजुकेसन सोसाईटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार अवलोकन कार्यक्रममा बर्ड एजुकेसन सोसाईटी चितवन र नेपाल वाइल्ड लाइफ फोटोग्राफी क्लबका २५ जना टोली रहेका छन्। टोलीले पहिलो दिन पाण्डव नगरबाट देउकी खोला हुँदै परशुराम कुण्ड सम्म पुगेर चरा अवलोकन गरि ८६ प्रजातिका र दोश्रो दिन सोमेस्वर गढी बाट ९१ प्रजातिका चराहरुको अभिलेख रखिएको बर्ड एजुकेसन सोसाईटी चितवनका कार्य समिति सदस्य तथा अवलोकन कार्यक्रमका संयोजक रामकृष्ण महतोले जानकारी दिए। अवलोकन कार्यक्रमको अन्तिम दिन शनिवार टोलीले पश्चिम चितवनको दिव्यनगरमा पुगेर रसिया देखि आउने कर्यांगकुरुंग हेरेर यात्रा टुंग्याउने संयोजक महतोले वताए ।अवलोकन कार्यक्रमले चराहरुको वासस्थान,अवस्था वारे थाहा पाउन सकिने,नयाँ प्रजातिका चरा भेटिन सकिने,चरा अवलोकन गर्न आउने पर्यटकलाई जानकारी दिन सकिने ,भर्खरै नेचर गाइड मा आवद्द हुने हरुले स्थान को परिचय पाउने भएकाले पनि यो कार्यक्रम फलदायी रहेको बर्ड एजुकेसन सोसाईटी चितवनका सचिब नारायण रिजालले विश्वास लिएका छन । माडीमा रहँदा चरा अवलोकन टोलीलाई माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल,उप मेयर ताराकाजी महतो र माडी पर्यटन विकाश समितिका अध्यक्ष पुरन महतो लगाएतले स्वागत गरेका थिए।

तस्बिर : अपिल घिमिरे
तस्बिर : अपिल घिमिरे
तस्बिर : अपिल घिमिरे
तस्बिर : अपिल घिमिरे
तस्बिर : अपिल घिमिरे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय