Nepali Unicode | Preeti to Unicode

वीरगञ्जबाट स्रोत नखुलेको साढे २२ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्जको नगवाका ३४ वर्षे विकास साह र मनियारी बस्ने सुवासकुमार साह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५ सय र १ हजार दरका साढे २२ लाख रुपैयाँ नगद, मोबाइल र भारती नम्बरको स्कुटर बरामद गरेको छ ।

वीरगञ्जको घण्टाघर नजिकै शंकास्पद रुपमा हिँडिरहेका उनीहरूलाई रोकेर सोधपुछ गर्दा रकम फेला परेको थियो ।

त्यो रकम हुण्डीको भएको आशंकामा उनीहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर