Nepali Unicode | Preeti to Unicode

बलात्कार आरोपमा कारागार चलान भएका क्रिकेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धाराबाट निकालिएको छ ।

उनलाई कारागारबाट जिल्ला अदालत, काठमाडौं हाजिर गराइने जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।

लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार उच्च अदालत, पाटनले आदेश दिएको थियो ।

लामिछानेलाई धरौटीमा छाड्न अदालतले ५ वटा सर्त राखेको छ । ती सर्त उलंघन भएको अवस्थामा पुर्पक्षका क्रममा धरौटी माग गर्ने आदेश स्वतः निष्कृय हुने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर