Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा एन्जर्सलाई पराजित गरेको छ ।  विश्व विजेता फरवार्ड लियोनेल मेस्सी विश्वकपपछि फर्किएको खेलमा शीर्षस्थानमा रहेको पिएसजीले एन्जर्सलाई २–० ले पराजित गरेको हो ।

पिएसजीको जितमा ह्युगो इकिटिक र मेस्सीले गोल गरे । बुधबार राति भएको खेलको पाँचौं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।  खेलको ७२औं मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाए । मेस्सीले पनि नोर्डी मकिएलीको पासमा गोल गरेका थिए । विश्वकपपछिको पहिलो खेलमा नै मेस्सीले गोल गरेका हुन् ।

विश्वकप जितेपछि मेस्सी लामो समय विदामा बसेका थिए । विश्वकपपछि पिएसजीले ४ खेल खेलिसकेको छ । मेस्सी यसअघिका तीन खेलमा सहभागि थिएनन् ।

जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको १८ खेलबाट ४७ अंक छ । दोस्रो स्थानमा रहेको लेन्सको ४१ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय