Nepali Unicode | Preeti to Unicode

सोमबार सेयर बजारको परिसूचक नेप्सेले २२ सय अंक नाघेको छ । यस दिन परिसूचक नेप्से करिब ४७ अंक बढेर २२११ मा कायम भएको छ । कुल ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार ५ अर्ब ४३ करोडको कारोबार भएको थियो ।

कुल १७३ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ६ को स्थिर रहृयो । होटल उपसमूह २३ अंक घट्यो भने अरु सबै बढेका छन् । बैंकिङ उपसमूह २९, विकास बैंक १२४, फाइनान्स ५९, जलविद्युत् १२२, जीवन बीमा १७८, उत्पादन २, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा २३७, अन्य २९ र व्यापार उपसमूह ७५ अंक बढे ।

करिब १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बरुण, खानीखोला, छ्याङ्दी, जोशी, हिमालय ऊर्जा विकास, युनियन हाइड्रो, सिंगटी हाइड्रो र खप्तड लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । राधि विद्युत्, बाराही हाइड्रो र पिपुल्स पावरको मूल्य ९.९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा रिडी पावर, ङादी ग्रुप, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र नबिल बैंक क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर