चेल्सीमाथि सहज जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति इतिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीलाई ४–० गोल अन्तरमा पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको हो ।
सिटीको जितमा रियाद महारेजले २ तथा जुलियन अल्भारेज र फिल फोडेनले १– १ गोल गरे ।
खेलको २३ औं मिनेटमा घरेलु टोली सिटीले अग्रता बनाएको थियो । रियाद महरेजले उत्कृष्ट फ्रि किक गोल गर्दै टोलीले सुरूआती अग्रता दिलाएका थिए ।
त्यसको सात मिनेटपछि युलियन अल्भारेजले पेनाल्टीमा गोल गरी सिटीको अग्रता दोब्बर पारे । ३८ औं मिनेटमा फिल फोडेनले गोल गर्दै टोलीलाई ३–० को अग्रता बनाए ।
खेलको ८५ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले फराकिलो जित निकाल्यो ।
