पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रम तयार भएको छ । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेका हुन् ।
नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल र अन्य नीतिगत विषयमा केन्द्रित रहेर न्यूनतम कार्यक्रम ल्याउने तयारी सत्ता साझेदार दलहरूको छ।
गत पुस १४ गते बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने सहमति गरेको थियो । बुधबार बालुवाटारमा बसेको बैठकमा पनि न्यूनतम साझा कार्यक्रमबारे छलफल भएको थियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका अनुसार बिहीबार मस्यौदा तयार गरिने र शुक्रबारसम्म सार्वजनिक गर्ने तयारी भएको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार गर्ने तयारी रहेको बताए ।
