Nepali Unicode | Preeti to Unicode
 BREAKING
रत्ननगर अस्पतालका गरिब बिरामीहरूलाई 'रफ्तार चितवन' द्वारा फलफूल वितरण | | रत्ननगरका विद्यालय तहका विद्यार्थीका लागि 'ई–हब कोडिङ क्लास' सुरु, विद्यार्थीहरूको उत्साहजनक सहभागिता | रफ्तार संस्थाद्वारा रत्ननगर वडा नं. १२ मा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न | रत्ननगरमा विद्यालय सञ्चालनमा एकरूपता र गुणस्तर सुधारको प्रयास: कक्षा १२ सम्म निःशुल्क शिक्षाको तयारी | आजका प्रमुख विश्व समाचार | आजका मुख्य विश्वव्यापी समाचार | आजका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार | प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? |

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनल बराबरीमा रोकिदा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । मंगलबार राति भएको खेलमा आर्सनल  न्युकासलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो । बराबरीसँगै आर्सनल १७ खेलमा ४४ अंक जोडेको छ । न्युकासल १८ खेलमा ३५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

मंगलबार राति भएको खेलमा युनाईटेडले बर्नेमाउथलाई ३–० गोल अन्तरले पराजित गरेको छ । युनाईटेडको जितमा कासिमिरो, लुक श र मार्कुस राषफोर्डले एक एक गोल गरे । खेलको २३ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

लुक शले खेलको ४९ औं मिनेटमा गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८६ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३(० को जित दिलाए । जितसँगै युनाईटेडले १७ खेलमा ३४ अंक जोडेर चौंथो स्थानमा छ । प्रिमियर लिग अन्तर्गत नै फुलहमले लेस्टर सिटीलाई १–० ले हराएको छ । यस्तै ब्राइटनले एभर्टनलाई ४(१ ले हराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय