Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
वाइडेनको विजय लगभग पक्का, जर्जिया र मिसिगनमा रिट खारेज
Nepali Unicode | Preeti to Unicode

बाेस्टन, अमेरिका । विश्वभरका मानिसहरुको चासो र चर्चामा रहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनको परिणाम आउन ढिलाइ हुँदै गएकोमा चौतर्फी आलोचना भइरहेको छ ।
अमेरिकी समय अनुसार, बिहीवार राती १२ बजेसम्ममा पनि अघिल्लो दिनको परिणाममा थोरै मात्र परिवर्तन भएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो वाइडेन विजयको अत्यन्त नजिक पुगे पनि मतगणनामा ढिलाइ भएकोले परिणाम बाहिर आएको छैन । वाइडेनलाई अब जम्मा छ इलेक्टोरल मतको आवश्यकता छ । उहाँले राष्ट्रपति निर्वाचित हुन अ ावश्यक २७० इलेक्टोरल मतमध्ये २६४ प्राप्त गरिसक्नुभएको छ । राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । अधिकांश राज्यको मतगणनाको परिणाम आइसकेको र बाँकी चारवटा राज्यको मतपरिणाम आउन बाँकी छ । यी चारवटै राज्यमा दुवै उम्मेदवारबीच कडा टक्कर छ । नेभाडा, जर्जिया, एरिजोना र पेन्सिलभेनियामामा अहिले सबै अमेरिकनको ध्यान गएको छ । छ वटा इलेक्टोरल मत रहेको नेभाडामा अहिलेसम्म करिब ८९ प्रतिशत मतगणना सम्पन्न भइसकेको परिप्रेक्ष्यमा वाइडेनले ११ हजार ४३८ मतले अग्रता लिनुभएको छ भने ११ इलेक्टोरल मत रहेको एरिजोनामा ९० प्रतिशत मतगणना सकिँदा वाइडेनले ४६ हजार ६६७ मतले अग्रता लिनुभएको छ । उता जर्जिया र पेन्सिलभेनियामा भने राष्ट्रपति ट्रम्पले झिनो मतान्तरले अग्रता लिनुभएको छ । हिजोसम्म यी दुवै राज्यमा ट्रम्पले निकै ठूलो अग्रता लिनुभएको थियो । यी दुई राज्यमा क्रमशः ९९ र ९५ प्रतिशत मतगणना सम्पन्न भइसकेको छ । विश्लेषकहरूले यी दुई राज्यमा पनि वाइडेनले विजय हात पार्ने सम्भावना रहेको औँल्याएका छन् र यसलाई अन्यथा मान्न पनि सकिँदैन । उपर्युक्त चारवटै राज्यमध्ये एकमा मात्र विजय हात पारेको खण्डमा ट्रम्पको संभावना शून्य रहन्छ ।
उपर्युक्त चारवटै राज्यको परिणाम शुक्रवारसम्ममाआउने बताइएको छ ।
निर्वाचनमा धाँधली भयोः ट्रम्प
अमेरिकी समय बिहीवार साँझ पत्रकार सम्मेलन गर्दै राष्ट्रपति ट्रम्पले यो निर्वाचनमा धाँधली र हस्तक्षेप भएको बताउनुभएको छ । ठूला सञ्चारमाध्यम, ठूला प्रविधि र ठूलो पैसाको चलखेल भएको बताउँदै ट्रम्पले चुनाबमा मत चोरेर हामीबाट हाम्रो इच्छा विपरीत कार्य गरेको आरोप लगाउनुभयो । उहाँले निर्वाचनमा थुप्रै मरेका मानिसको नाममा मत खसालिएको कारण यसको कानुनी उपचार खोज्ने पनि जानकारी दिनुभयो ।
यसैगरी अर्का उम्मेदवार वाइडेनले पनि पत्रकार सम्मेलनमार्फत राष्ट्रपति छनोट गर्ने इच्छा जनताको हो र जनताले दिएको सबै मत गणना हुनुपर्छ भन्नुभयो ।
निर्वाचन परिणाम लिएर देशका केही भागमा पक्ष र विपक्षमा प्रदर्शन भएका छन् ।
यसैबीच, निर्वाचनमा धाँधली भएको विषयलाई लिएर जर्जिया र मिसिगनमा गरिएको रिट दायर खारेज भएको छ । दुवै राज्यका अदालतका न्यायाधीशले खारेज गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय