सुर्खेतबाट बाहिर ढुवानी हुँदै गरेको शंकास्पद खाद्यान्न गत बिहीबार सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त चामल ट्रकबाट भक्तपुर लैजान लागिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टका अनुसार ट्रकमा २ सय ५० क्विन्टल चामल रहेको थियो ।
‘गाउँको चामल प्रदेश राजधानीमै गायब भएको खबर सुनेका छौं । दशैं जेनतेन चलायौं, अब तिहार कसरी मनाउने होरु’ –सोरु–८ का सोभुम बम बताउन्छन्।खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुगुका निमित्त कार्यालय प्रमुख पुष्कर भामले यसबारे भर्खरै मात्रै सूचना आएको बताए। उनल भने– ‘यो चामल कहाँबाट आएको हो, कति छ, जानकारीमा छैन ।’
सोरुमा चामल पु¥याउने जिम्मा सिद्धार्थ ढुवानी सेवाले लिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।