नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्डसँग सरकारमा भएका मन्त्रालय बाँडफाँट मिलाउनका लागि ओली त्यहाँ पुगेका हुन् ।
एमाले र माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेपछि सानो आकारको मन्त्रिपरिषद् गठन भएको छ । मन्त्रिपरिषद् विस्तार अरु भागबण्डाका विषयमा छलफल गर्न गठबन्धनका दुई शीर्ष नेताहरुबीच अहिले खुमलटारमा वार्ता भइरहेको छ ।
नेकपा विभाजनपछि ओली पहिलोपटक प्रचण्ड निवास पुगेका छन् । २०७७ पुस ४ मा ओली खुमलटार गएका थिए । एमाले अध्यक्ष ओलीकै प्रस्तावमा प्रधानमन्त्री बनेका प्रचण्डले मन्त्रालय बाँडफाँटको विषयमा कुराकानी गर्न खुमलटार बोलाएका हुन् । प्रधानमन्त्रीका लागि कुराकानी गर्न माओवादी अध्यक्ष प्रचण्ड पुस १० गते आइतबार बालकोट पुगेका थिए ।
