Nepali Unicode | Preeti to Unicode

​​​​​​​नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि काङ्ग्रेसको शक्ति नगुमेको बताएका छन् ।

उनले सत्ता गुमे पनि काङ्ग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह गरेका छन् ।

कोइरालाले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सत्ता गुम्दैमा काङ्ग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर काङग्रेस सशक्तिकरणको अभियानमा जुट्न दृढ सङ्कल्प गछौँ ।’

नेता डा कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्तारोहण अपेक्षित नभए पनि बहुमत जुटाएर प्रधानमन्त्री बनेको भन्दै उनलाई बधाई ज्ञापन गरेका छन् ।

संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनेर पार्टी सभापति  शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी असम्भव भयो भनेर गम्भीर प्रश्न उठेको उनको भनाइ छ ।

उनले कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गरेको भन्दै निराश नहुन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर