Nepali Unicode | Preeti to Unicode

अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्रीमा नियुक्ति भएसँगै पहिलो पटक नेकपा (माओवादी केन्द्र)को बैठक बसेको छ ।

प्रचण्ड आइतबार एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्ति भएका थिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन जना स्वतन्त्र सांसदहरूले संयुक्त रूपमा राष्ट्रपति समक्ष सरकार निर्माणको दाबी पेस गरेको थियो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरूको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर