लगातार बढेको सुनको भाउ शुक्रबार घटेको छ ।
शुक्रबार सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख एक हजार ५ सय रुपैयाँ थियो ।
शुक्रबार चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
