Nepali Unicode | Preeti to Unicode

निर्वाचन आयोगले निस्पक्ष रुपमा निर्वाचनगरेका कारण कुनै पनि क्षेत्रमा पून निर्वाचन र पून मतगणना गर्नुपर्ने अवस्था नरहेको निर्वाचन आयोगका प्रमुख आयुक्त  दिनेशकुमार थपलियाले बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

मंसिर ४ गतेको निर्वाचनको मतपरिणाम प्रतिवेदन १ नम्बर प्रदेशका प्रदेश प्रमुख  पर्शराम खापुङलाई बुझाउन शनिबार विराटनगर आएका उनले प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै निश्पक्ष रुपमा निर्वाचन भएका कारण पून मतगणना र मतदान गर्न नपर्ने बताए ।

‘आयोगले गरेको कुनैपनि  निर्णयमाथि पुनरावेदन लाग्छ, अदालतबाट भएको   आदेश पालना गर्न आयोग प्रतिवद्ध छ,’ उनले भने,‘ आजका मितिमा   यो निर्वाचनमा कही पनि एउटा मतदान अधिकृतले पनि  आफ्नो स्वार्थ  सिद्धकीका लागि कुनै काम गरेको छैन, कुनै सुरक्षाकर्मी चुकेको छैन र कहीँ पनि पून मतदान गर्नुपर्ने वा फेरि मतगणना गर्नुपर्ने  अवस्था सृजना भएको छैन ।’

निर्वाचनमा खटिएका सबै कर्मचारीले निष्ठापूर्वक काम गरेको उनको दाबी छ । इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पून मतदान गर्नुपर्ने माग गर्दै सर्बाेच्च अदालतमा रिट दायर गरेका छन् । खनालको रिट प्रति संकेत गर्दै थपलियाले यस्तो बताएका हुन् । उनले भने,‘ उम्मेदवारलाई सानो ठूलो कमजोर बन्ने कुरा नबोलौं, उम्मेदवार बराबर हुन् ।’

स्याङ्जामा मरेका मान्छेको नामबाट पनि मतदान भएको भन्दै निर्वाचन आयोगको आलोचना भएको थियो । स्याङ्जामा मृतकको नामबाट मतदान गरेको विषय हल्ला मात्रै भएको प्रमुख आयुक्त थपलियाले  बताए ।

‘नेपालका कुनै पनि ठाउँमा मरेका मान्छे जिउदो हो भनेर   प्रमाणित गर्ने कुनै राजनीतिक दल छ ?’ उनले भने,‘ त्यहीँ (मतदान केन्द्र) मा बसेको मान्छेले मरेको मान्छे जिउँदो भएर आयो भनेर सहिँ छाप गर्न सक्छ ? यदी सक्छ भने मरेको त्यो मान्छे होइन, हामी मृतक हौं ।’ उनले मरेका मान्छेलाई जिउदो भन्ने र भोट हाल्ने विषय आफूलाई विश्वास नै नलाग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर