विराटनगर महानगरपालिकाले पूर्वाधार विकास सम्बन्धी कामका लागि सिभिल इन्जिनियर र सव इन्जिनियर माग गरेको छ । काठमाडौँ महानगरपालिकाको शैली अपनाउँदै लोकसेवा आयोगको परीक्षा दिएर बैकल्पिकमा नाम निकाल्न सफल सिभिल इन्जिनियर र सव इन्जिनियर माग गरेको हो ।
यसअघि काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले लोकसेवाले खुलाएको विज्ञापन नम्बर तोकेरै बैकल्पिक नाम निकाल्न सफललाई रोजगारीका लागि आउन आह्वान गरेका थियो ।पुस २ गते विज्ञानन प्रकाशित गर्दै विराटनगर महानगरपालिकाले २०७८–७९ यता खुलेका लोकसेवा आयोगको परीक्षामा बैकल्पिक नाम निकालेका र अस्थायी योग्यताक्रममा सिफारिसमा परेका सिभिल इन्जिनियर र सव इन्जिनियरलाई सात दिन भित्र सम्पर्क गर्न आग्रह गरेको हो ।
