विश्वकप फुटबलमा क्रोएसिया तेस्रो बनेको छ । विश्वकपमा पुनः उच्चस्तरको प्रदर्शन गर्दै तेस्रो बनेको हो । मोरक्कोलाई शनिबार भएको प्लेअफमा क्रोएसियाले २– १ गोलअन्तरले पराजित गर्दै तेस्रो बनेको हो । सन् २०१८ मा उपविजेता बनेको थियो ।
प्लेअफ खेलको सुरुवात शानदार रह्यो । सातौं मिनेटमै जोस्को भार्डिओलको डाइभिङ हेडर गोलमार्फत क्रोएसियाले अग्रता बनाएको थियो । तर, अचरफ दारीले दुई मिनेटभित्रै क्लोज रेन्जबाट गोल गरी खेल बराबरीमा ल्याए ।
मिस्लाभ ओर्सिचले पहिलो हाफ हुनुभन्दा ३ मिनेटअघि गोल गरी क्रोएसियालाई पुनः अग्रता दिलाए ।
कतार विश्वकपको फाइनल आज छ । साविक विजेता फ्रान्स र अर्जेन्टिना आमनेसामने हुनेछन् । यो खेल दोहाको लुसेल रंगशालामा आइतबार राति पौने ९ बजेदेखि सुरु हुनेछ ।
