कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि साविक बिजेता फ्रान्स र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्ने भएका छन् । आइतबार दुई टोलीबीच उपाधिका लागि प्रतिस्प्र्धा हुनेछ ।
पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको थियो । दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको हो । अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे ।
खेलको पहिलो हाफमा फ्रान्सले १–० गोलको अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको ७९ औं मिनेटमा मुनावीले गोल गर्दै जित निश्चित गरे ।
पहिलो सेमिफाइनल खेलमा क्रोएसियामाथि अर्जेन्टिनाले ३–० को जित निकाल्दा कप्तान लियोनल मेस्सीले १ र जुलियन अल्भारेजले २ गोल गरेका थिए ।
