Nepali Unicode | Preeti to Unicode

कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेलमा उपाधि दाबेदार टोली अर्जेन्टिना र क्रोएसिया भिड्नेछन् ।

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ ।  यो खेल खेल राति पौंने १ बजे सुरु हुनेछ ।

क्रोएसियालाई पराजित गर्दै छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा अर्जेन्टिना छ । अर्जेन्टिना दुई पटक विश्वकप विजेता हो । साविक उपविजेता क्रोएसिया दोस्रो पटक विश्वकपको फाइनल पुग्ने योजनामा छ । अर्जेन्टिना र क्रोएसियाबीच २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर