Nepali Unicode | Preeti to Unicode

विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउन लागेकोमा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सरकारको ध्यानाकर्षण गरेका छन् ।

उनले यो अध्यादेशको विषयमा पार्टीभित्र कुनै छलफल नभएको भन्दै सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताएका हुन । महामन्त्री थापाले सोमवार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यही छ । यो अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ । सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्छ ।’

​​​​​​​यसअघि काङ्ग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्क्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्णरूपले गलत भएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर