Nepali Unicode | Preeti to Unicode

कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल र फाइनल खेल खेलाउनका लागि नयाँ बल सार्वजनिक गरिएको छ । ‘अल हिल्म’ नामक बल सार्वजनिक भएको हो ।  अल हिल्म अरेबिक शब्द हो । जसको अर्थ ‘द ड्रिम’  (सपना) हो ।

तीन खेलमा प्रयोग हुने बल समुह चरणमा खेलाइएको बल भन्दा फरक छ । समूह चरणमा ‘अल रिहला’ अर्थात ‘द जर्नी’ नामक बल खेलाइएको थियो ।

नयाँ बलमा अल रिहलाको जस्तै प्रविधिको प्रयोग गरिएको छ । जसबाट बलबारे निर्णय लिन निकै सहज हुनेछ । जारी विश्वकपमा बलको पोजिसन थाहा पाउन सेन्सर टेक्नोलोजी जडान गरिएको छ । बलले खेलाडीको पोजिसनसमेत थाहा पाइने हुनाले भिडियो एनालिस्टलाई पनि सहज हुनेछ । बल भित्र आईएमयू सेन्सर जडान गरिएको छ ।

बलमा पनि अल रिहला जस्तै अर्ध स्वचालित अफसाइड सिस्टमलाई जडान गरिएको छ । फिफाका फुटबल टेक्नोलोजी एन्ड इनोभेसनका निर्देशक जोहान्स होल्जमुलर भन्छन्, ‘बलमा टेक्नोलोजी जडान गरेर एडिडासले सूचना प्रवाह गर्न र भिडियो म्याच अफिसियललाई पनि डाटा निकाल्न निकै सहज भएको छ । ’

फिफा विश्वकप सेमिफाइनल र फाइनल खेलाउने बलमा प्रयोग भएको मसी र गम पानीमा आधारित रहेर बनाइएको छ । यो बलको डिजाइनमा एक सानो त्रिभुज छ । जसले दोहा वरपरको मरुभूमिलाई संकेत गर्छ । फिफा विश्वकपको ट्रफीको रंग पनि त्यस्तै छ । र कतारको झन्डाको रंगलाई समेत ध्यानमा राखेर यो बलको डिजाइन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर