Nepali Unicode | Preeti to Unicode

लुम्बिनी प्रदेशको  मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङ सारिएको छ । सोमबारमात्रै मुख्यमन्त्री कार्यालय र निजी सचिवालय बुटवलबाट दाङको देउखुरीमा सारिएको हो ।

मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए ।‘प्रदेशसभाको निर्णयलाई कार्यान्वयन गर्नका लागि मुख्यमन्त्रीले कार्यालयका संरचना बुटलबाट दाङ  सारेका हुन् ।

सोमबार राति मुख्यमन्त्री कार्यालय र सचिवालयका फर्निचर लगायतका सामान बोकेर टोली बुटवलबाट स्थायी राजधानी देउखुरी गएकाे   थियो । कार्यालय सारेपछि बुटवलस्थित मुख्यमन्त्रीको अस्थायी मुकाम बन्द गरिएको छ ।

लुम्बिनी प्रदेशसभाको दुई तिहाइ बहुमतले २०७७ साल असोज २० गते प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा घोषणा गरिएको थियो । त्यसपछि देउखुरीमा संरचनाको अभाव देखाउँदै दुई वर्षसम्म पनि राजधानी स्थानान्तरण हुन सकेको थिएन । पछिल्लाे समय  राप्ती प्राविधिक शिक्षालय रहेका भवनहरुमा मन्त्रालयहरु स्थानान्तरणको काम भइरहेको छ ।

करिब १८ विघा क्षेत्रफलमा रहेको राप्ती प्राविधिक शिक्षालय परिसरमा ४० बढी साना–ठूला भवनहरु छन् । मंसिरभित्रै सबै मन्त्रालय देउखुरीमा स्थानान्तरण गरिसक्ने प्रदेश सरकारको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर