जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले चुनावसँगै नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् ।
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतसँग पराजित भएका उनले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको बताएका हुन् । उनले भने ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं,चुनावसँगै सहकार्यको कोर्स सकिएको छ ।’
आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सकारमा सहभागि हुने नहुने विषयमा भने निर्णयमा नपुगिएको बताए ।
आफ्नो पार्टीले सरकारमा सहभागिताका सन्दर्भमा सातवटै प्रदेशमा एउटै नीति लिने यादवले बताए । पार्टी निर्णायक शक्ती नभएका कारण अवस्था हेरेर अगाडि बढ्ने उनले बताए ।
