फिफा विश्वकप फुटबलमा आज साविक बिजेता फ्रान्स र उपाधि दाबेदार टोली इंग्ल्यान्ड मैदान उत्रदैछन् । आफ्नाे नकआउट चरणकाे पहिलाे खेलमा फ्रान्सले पोल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्डले सेनेगलसँग खेल्नेछ ।
साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल आज राति पौने ९ बजे सुरु हुनेछ । आजको खेल जित्ने टोली अन्तिम ८ मा प्रवेश गर्नेछ । दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रदैछन् ।
फ्रान्स समूह डी को विजेता र पोल्याण्ड समूह सी को उपविजेता बनेर अन्तिम चरणमा पुगेको थियो ।
इंग्ल्यान्ड र सेनेगलबीचको खेल राति पौने १ बजे सुरुहुनेछ । उपाधि दाबेदार टोली इंग्ल्यान्ड समूह बी को विजेता र सेनेगल समूह ए को उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको थियो ।
