Nepali Unicode | Preeti to Unicode

वेस्ट इन्डिजसँगको पहिलो टेस्ट क्रिकेट अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले एक सय ६४ रनले जित निकालेको हो ।

वेस्ट इन्डिजले चार सय ९८ रनको लक्ष्य पाएको थियो । जसमा पाँचौँ दिन खाना समयपछि तीन सय ३३ रन बनाउँदा अलआउट भयो ।

उसका लागि क्राइग ब्रेथवेटले एक सय १० रन बनाए । यस्तै रोस्टन चेजले ५५, टेगनराइन चन्दरपउलले ४५ र अलजारी जोसेफले ४३ रन बनाए ।

बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले ६ विकेट लिए । यस्तै ट्रेभिस हेडले दुई तथा मिचेल स्टार्क र जस हेजलउडले एकरएक विकेट लिए ।

पहिलो पारीमा तीन सय १५ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा दुई विकेट गुमाएर एक सय ८२ रन बनाउँदा पारी समाप्तीको घोषणा गरेपछि वेस्ट इन्डिजले चार सय ९८ रनको लक्ष्य पाएको हो ।

पहिलो पारीमा अस्ट्रेलियाले पाँच सय ९८ रन बनाएको थियो भने वेस्ट इन्डिजले दुई सय ८३ रन बनाएको थियो ।

दुई खेलको टेस्ट शृङ्खलाका लागि वेस्ट इन्डिज अस्ट्रेलिया भ्रमणामा गएको हो । दोस्रो खेल डिसेम्बर ८ देखि सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर