Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

तनहुँ, कार्तिक १७ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ ।

प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले विसं २०७६ चैत २ गते सात दिन कैद र रु छ लाख ६७ हजार जरिवाना हुने गरी फैसला गरेको भएको थियो ।

उच्च अदालतबाट तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका निज भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । त्यसैगरी साधारण चोरी मुद्दामा फरार रहेका जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ बस्ने सन्तोष खंग र सोही नगरपालिका–९ बस्ने माईकल भन्ने सन्तोष गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

खंगविरुद्ध तनहुँ जिल्ला अदालतले विसं २०७६ असार ८ गतेको फैसलाले दुई वर्ष दुई दिन कैद, रु २२ हजार ५०० जरिवाना र माईकल भन्ने सन्तोष गौतमउपर दुई वर्ष दुई महिना चार दिन कैद र रु २२ हजार ५०० जरिवना ठहर गरेको थियो । ती दुवै व्यक्ति अदालतबाट फैसला पश्चात तोकिएको कैद र जरिवाना भुक्तान नगरी फरार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

त्यसैगरी जारी मुद्दामा तनहुँ जिल्ला अदालतको विसं २०७१ मङ्सिर ७ गतेको फैसलाले जनही एक÷एक महिना कैद र रु एक हजार जरिवाना तोकिएका भानुनगरपालिका–६ बस्ने बिमल थापा मगर र निजकी श्रीमती सञ्जु थापा मगर पक्राउ परेका छन् ।

त्यस्तै करकाप मुद्दामा फरार आठ, लिखत बेइज्जती मुद्दामा फरार छ, लागु औषध मुद्दामा फरार एक, गाली बेईज्जती मुद्दामा फरार दुई, जारी मुद्दामा फरार एक, नाता कायम मुद्दामा फरार एक, सम्बन्धविच्छेद मुद्दामा फरार एक र जारी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी इकाई कार्यालयहरुबाट पक्राउ गरी तोकिएको जम्मा चार वर्ष चार महिना १३ दिन कैद र जम्मा रु सात लाख १६ हजार ६२० जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको हो । अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्यलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए ।

रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय