Nepali Unicode | Preeti to Unicode

स्पेनमाथि २– १ गोलअन्तरको जित निकाल्दै एसियाली मुलुक जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । फिफा विश्वकप फुटबलमा  समूह ई काे विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई को विजेता बन्यो । पूर्व विश्व च्याम्पियन स्पेन र जर्मनी दुवैलाई हराएको जापानले समूह चरणको खेलमा कोष्टारिकासँग पराजित भएको थियो ।

६ अंकसहित समूह विजेता बनेको जापानले समूह एफको उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछ । उपविजेता स्पेनले भने सो समूहको विजेता मोरक्कोसँग खेल्नेछ ।

खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ११औं मिनेटमै अल्भारो मोराटाले गरेको गोलबाट जापान पछि परेको थियो ।

दोस्रो हाफमा जापानले २ गोल फर्कायो । ४८औं मिनेटमा रित्सु डोआन र त्यसको तीन मिनेटपछि आओ तानाकाले गोल गरेपछि जापान विजयी भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर