Nepali Unicode | Preeti to Unicode

स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ ।

केही बेर अघि सम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले १३ हजार २४० मत प्राप्त गर्दा एमालेकी अर्यालले ११ हजार ८०५ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले पाँच हजार ८७६ मत प्राप्त गरेका छन् । कुल ७० हजार एक सय ९१ मत खसेको छ ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३, १४ मतगणना सकिएको छ ।

स्याङ्जा क्षेत्र नं २ को प्रदेशसभा क मा नेपाली कांग्रेसका भोजराज अर्याल विजयी भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर