Nepali Unicode | Preeti to Unicode

स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना जारी छ । जारी मतगणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगबाट प्राप्त पछिल्लो मत परिणामअनुसार गुरुङले ११ हजार ९२० मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी उमेदवार पद्मा अर्यालले नौ हजार ५०१ मत पाएकी छन् । अर्यालले यसअघि सार्वजनिक मत परिणामको तुलनामा मतान्तर घटाएकी छन् । अहिले अर्याल गुरुङभन्दा दुई हजार ४१८ मतले पछाडि छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पाँच हजार १९२ मत ल्याएका छन् । यो क्षेत्रमा विवाद आएका कारण मतगणनामा ढिलाई भएको थियो । मतगणना सुरु भएपछि कांग्रेसका उम्मेदवारले लिएको अग्रता कायमै राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर