Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

काठमाडौं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (सोमबार) रोयल्स च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दै छ ।

सेख ज्याद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ हुँदै छ । आजको खेलमा दुवै टोली जित निकाल्दै प्लेअफमा स्थान बनाउने योजनामा छन् ।

लिग चरणको सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेको दिल्ली पछिल्ला खेलहरुमा कमजोर बनिरहेको छ । त्यसैले दिल्लीलाई आजको खेलमा जित निकाल्दै प्लेअफमा पुग्‍ने मौका छ ।

यता बैंगलोरलाई पनि आजको खेलमा जित निकाल्दै अघिल्लो चरण पुग्‍ने मौका छ । गत सिजन खराब प्रदर्शन गरेको बैंगलोर यो सिजन उत्कृष्ट फर्ममा छ । बैंगलोर यो सिजन उपाधि दाबेदार टोलीका रुपमा पनि छ ।

लिगमा १३ खेल खेलेको बैंगलोर १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेको दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय