Nepali Unicode | Preeti to Unicode

कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो खेलमा पराजित भएको उपाधि दाबेदार टोली अर्जेन्टिना समूह बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा पोल्याण्डमाथि प्रभावशाली जित निकाल्दै अर्जेन्टिना आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको हो ।

साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो । पराजयका बाबजुद पोल्याण्ड पनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । समूह सी मा समान ४ अंक भए पनि पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पार्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको दोस्रो हाफमा ब्राइटनका एलेक्सिस म्याक अलिस्टर र म्यानचेस्टर सिटीका जुलियर अल्भारेजले गरेको गोलले अर्जेन्टिना विजयी भएको हो ।

पोल्याण्ड गोलरक्षक ओजिच जेस्नीले मेस्सीलाई ट्याकल गरेको भन्दै भिडियो रिभ्यूको सहारामा रेफ्रीले पेनाल्टी दिए पनि मेस्सीको प्रहार जेस्नीले रोकिदिएका थिए ।

म्याक एलिस्टरले दोस्रो हाफ सुरु भएको अर्को मिनेटमा नाहुएल मोलिनाको क्रासमा गोल गरेका हुन् । अल्भारेजले ६७औं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर