Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

काठमाडौं । ग्यारेथ बेलको निर्णायक गोलमा टोटनहम विजयी भएको छ । आइतबार राति भएको खेलमा बेलले निर्णायक गोलले टोटनहम ब्राइटनमाथि २-१ गोलले विजयी भएको हो ।

खेलको १३औं मिनेटमा ह्‌यारी केनले गोल गर्दै घरेलु टोली टोटनहमलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा टोटनहमलाई १-० को अग्रता दिलाएका हुन् ।

दोस्रो हाफमा दुवै टोलीले एक-एक गोल गरेका थिए । खेलको ५६औं मिनेटमा टरिक्यु लाम्पटीले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । उनले ग्राबोको पासमा गोल गर्दै खेल १-१ को बरारबीमा ल्याएका थिए । तर, दोस्रो हाफमा मैदान छिरेका बेलले निर्णायक गोल गरे ।

खेलको ७०औं मिनेटमा एरिक लमेलाको स्थानमा मैदान प्रवेश गरेका बेलले मैदान छिरेको ३ मिनेट नबित्दै गोल गरेका थिए । उनले खेलको ७३औं मिनेटमा रेगुइलोनको पासमा गोल गर्दै टोटनहमलाई २-१ को जित दिलाएका हुन् ।

स्पेनिस क्लब रियल मड्रिडबाट यसै सिजन बेल टोटनहम पुगेका थिए । स्पेनबाट इङ्ल्यान्ड फर्किएपछि प्रिमियर लिगमा गरेको बेलको यो पहिलो गोल हो ।

यस जितसँगै टोटनहम सात खेलबाट १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेलेको ब्राइटन भने पाँच अंक जोड्दै १६औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय