Nepali Unicode | Preeti to Unicode

विश्वकप फुटबलमा इरानमाथि जित निकाल्दै  अमेरिका अन्तिम १६ मा प्रवेश गरेको छ । क्रिष्टियन पुलिसिचको एकमात्र गोल सहयोगमा इरानमाथि जित निकाल्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो ।

समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको अमेरिकाले क्वाटर फाइनल प्रवेशका लागि समूह ए को विजेता नेदरल्याण्ड्ससँग खेल्नेछ ।

खेलको ३८औं मिनेटमा डिफेण्डर सेर्गिनो डेस्टको हेडर उपयोग गर्दै गोल गरेका थिए । जितका लागि सोही गोल निर्णयक भयो ।

यो खेल दुवै टिमका लागि नकआउट चरण प्रवेशको अवसर थियो । अन्तिम १६ मा पुग्नका लागि अमेरिकालाई जित्नुपर्ने दबाब थियो । इरानलाई  बराबरी नै काफी थियो । कमजोर रुपमा प्रस्तुत भएको इरानले अमेरिकालाई बराबरीमा रोक्न सकेन ।

अमेरिकाले चौथोपल्ट विश्वकप खेलेकोमा तेस्रोपल्ट नकआउट चरणमा पुगेको हो ।

सन् १९७८ यता छैटौंपल्ट विश्वकप खेलेको इरान नकआउट चरणमा पुग्न सकेको छैन । यो पटक नकआउट चरणमा पुग्ने अवसर पनि गुमाएको हो । समूहचरणको खेलमा  इंग्ल्याण्डसँग हारेको इरानले  वेल्सलाई २–० गोलले हराएको थियो । अन्तिम खेलमा बराबरी  गर्दा अन्तिम १६ का लागि पर्याप्त थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर