Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

चितवन । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना चितवनका छन भने एकजना नवलपुरका छन् ।

अस्पतालले दिएको जानकारीअनुसार संक्रमणबाट मृत्यु हुनेमा भरतपुर महानगरपालिका ४ का ६३ वर्षीय पुरुष छन् । श्वासप्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएका उनको कात्तिक १३ गते कोरोना पुष्टि भएको थियो । मधुमेहको समेत समस्या भएका उनको उपचारको क्रममा आइतबार राति ९:१९ मा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।

यस्तै अर्का मृत्यु हुनेमा भरतपुर महानगरपालिका ३ का ५३ वर्षीय पुरुष छन् । कात्तिक १३ गते कोभिड पुष्टि भएका उनी कात्तिक १६ गते अस्पताल भर्ना भएका थिए । निमोनियाँ र मधुमेहलगायत रोगबाट ग्रसित उनको आइतबार राति ९:४३ मा मृत्यु भएको डा.अधिकारीले जानकारी दिए ।

यसैगरी नवलपुरको देवचुली नगरपालिका ११ का ८० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । डा. अधिकारीका अनुसार कात्तिक १३ गते अस्पताल भर्ना भएका उनको १४ गते कोरोना पोजेटिभ पुष्‍टि भएको थियो । श्वासप्रश्वासको समस्या भएर अस्पतालमा भर्ना भएका उनको आइतबार राति ११:२६ मा मृत्यु भएको अधिकारीले बताए । तीनैजना कोरोना संक्रमितको अस्पतालको कोभिड आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय