Nepali Unicode | Preeti to Unicode

कतारमा जारी विश्वकप फुटबलमा समूह बिजेता बन्दै इंग्ल्याण्ड अन्तिम १६ मा प्रवेश गरेको छ । समूह चरणको अन्तिा खेलमा वेल्समाथि ३–० को सहज जितसहित समूह बी को विजेताका रुपमा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो वेल्स भने समूह चरणबाटै बाहिरिएको छ ।

नकआउट चरणमा पुग्नका लागि वेल्सले इंग्ल्याण्डलाई हराउनुपर्ने थियो । तर पराजित हुँदै बाहिरिएको हो ।

क्वाटरफाइनल प्रवेशका लागि इंग्ल्याण्डले सेनेगलसँग खेल्नेछ ।

पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफ सुरु भएको ६ मिनेटभित्र इंग्ल्याण्डले २ गोल गरेको थियो ।

५०औं मिनेटमा वेल्सका एथन अम्पाडुले फिल फोडेनमाथि फल गरेपछि पाएको फ्रिकिकमा राशफोर्डले शानदार गोल गर्दै अग्रता दिलाए । त्यसको एक मिनेटपछि मिडफिल्डर फोडेनले कप्तान ह्यारी केनको क्रस पासमा गोल गरे ।

६८औं मिनेटमा राशफोर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्याण्डले सहज जित निकालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर