नेपाल कम्युनिष्ट पार्टी एमालेले समानुपातिक मत २३ लाख कटाएको छ । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार एमालेले २३ लाख मत कटाएको हो । पछिपछि नेपाली कांग्रेस छ ।
एमालेले २३ लाख ६ हजार ८३३ मत प्राप्त गरेको छ । समानुपातिक मतका आधारमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख १० हजार २०९ मत प्राप्त गरेको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्र्रले ९ लाख ६८ हजार समानुपातिक मत पाएको छ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २५ हजार ३३ समानुपातिक मत पाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ८७ हजार ४८४ समानुपातिक मत प्राप्त गर्दा जनता समाजवादी पार्टी, नेपालले २ लाख ८८ हजार १६२, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले २ लाख २२ हजार २३४ र जनमत पार्टीले २ लाख २२ हजार २२५ समानुपातिक मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीले १ लाख ९९ हजार ७९ समानुपातिक मत प्राप्त गरेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख २० हजार ७१ समानुपातिक मत पाएको छ ।
