९ मङ्सिर । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी) का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विनोद ढकाल २४ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको हो ।
त्यसैगरी गत आइबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ ४ (२) बाट नेपाली काँग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जीवन घिमिरे नौ हजार छ सय ९१ मत प्राप्त गरेको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिनुभयो ।
