Nepali Unicode | Preeti to Unicode

६ मंङ्सिर । स्याङ्जामा मतगणना गर्न माग गर्दै नेपाली काँग्रेसका उपसभापतिसमेत रहनुभएका उम्मेदवार धनराज गुरूङ धर्नामा बस्नुभएको छ।

स्याङ्जा २ मा मंसिर ४ गते भएको चुनावको मतगणना सुरू भएको छैन। नेपाली काँग्रेसले केही मतदान केन्द्रमा धाँधली गरेको आरोप नेकपा एमालेले लगाएको छ।

एमालेबाट स्याङ्जा २ मा उम्मेदवार रहनुभएकी पद्माकुमारी अर्यालले काँग्रेसले धाँधली गरेको सोमबार पत्रकार सम्मेलन गरेर दाबी गर्नुभएको थियो।

तर काँग्रेसले भने विधिसम्मत तरिकाले निर्वाचन भएकोले मतगणना गरिनुपर्ने माग गर्दै आज अपरान्ह धर्ना दिएका थिए। धर्नामा काँग्रेस उम्मेदवार गुरूङ पनि सहभागी  हुनुहुन्थ्यो।

प्रतिक्रिया

सम्बन्धित खवर