फिफा विश्वकप फुटबल २०२२ मा आज समूह चरणका चार खेल हुँदैछन् । उपाधि दाबेदार दुई टाेलीसहित समूह जी र समूह एच का चार खेल हुन लागेका हुन् ।
पहिलो खेल समूह जी मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच हुनेछ । स्विजरल्याण्ड र क्यामरुनबीचको खेल आज दिउँसो ३ः४५ बजे सुरु हुनेछ । दोस्रो खेलमा समूह एच को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा गर्दैछन् । यो खेल बेलुका ६ः४५ मा सुरुहुनेछ ।
उपाधि दाबेदार पोर्चुगलले आज घानासँग खेल्दैछ । समूह एच मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९ः ४५ मा हुनेछ ।
चौंथो खेलमा अर्काे उपाधि दाबेदार टाेली ब्राजिलले सर्बियासँग खेल्दैछन् । समूह जी मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२ः ४५ मा सुरु हुनेछ ।
