Nepali Unicode | Preeti to Unicode

रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उप–महासचिव वर्षमान पुन निर्वाचित भएका छन् ।

पुन नेकपा एमालेका पूर्ण बुढामगरलाई पराजित गर्दै निर्वाचित भएका हुन । बुधबार राति सकिएको मतगणना अनुसार पुनले ४१ हजार ७१४ मत पाएका छन् । यस्तै नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाएका छन् ।यसअघि २०७४ सालमा रोल्पाबाट माओवादीका पुन नै निर्वाचित भएका थिए । एमालेबाट उम्मेदवार रहेका पूर्ण पनि पूर्व माओवादी नै हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर